ग्रीन डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

बिहीबार, १० मंसिर २०८३, बेलुका ४:०७


हाम्रो बैंकिङ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न चार पदमा कर्मचारी माग गरेको छ। बैंकले रिलेसनसिप म्यानेजर, अपरेसन इन्चार्ज, एएमएल/सीएफटी विभाग र ट्रेनी असिस्टेन्ट पदका लागि आवेदन खुलाएको हो। यी पदमा गण्डकी प्रदेशअन्तर्गतका शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका लागि कर्मचारी नियुक्त गर्न लागिएको बैंकले जनाएको छ।

रिलेसनसिप म्यानेजरका लागि बैंकिङ क्षेत्रमा कम्तीमा दुई वर्ष र कर्जा सम्बन्धी काममा एक वर्षको अनुभव आवश्यक छ। अपरेसन इन्चार्जका लागि कम्तीमा तीन वर्ष तथा एएमएल/सीएफटी विभागका लागि दुई वर्षको बैंकिङ अनुभव माग गरिएको छ। त्यस्तै, ट्रेनी असिस्टेन्ट पदमा व्यवस्थापन वा अर्थशास्त्रमा कम्तीमा १०+२ उत्तीर्ण गरेका नयाँ उम्मेदवारले समेत आवेदन दिन सक्नेछन्।

इच्छुक तथा योग्य नेपाली नागरिकले २०२६ डिसेम्बर १० भित्र आफ्नो सीभी, शैक्षिक प्रमाणपत्र, नागरिकता, फोटो र हस्तलिखित निवेदनसहित career@greenbank.com.np मा इमेल गरेर वा बैंकको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया 0