लक्ष्मी लघुवित्तले माग्यो जुनियर असिस्टेन्ट ट्रेनी

Thursday, 28 May 2026, 08:54 PM
1 पटक हेरियो
Font Size: 20px

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड ले जुनियर असिस्टेन्ट ट्रेनी पदका लागि नयाँ कर्मचारी माग गरेको छ। संस्थाले केही संख्यामा कर्मचारी भर्ना गर्न आवेदन आह्वान गरेको हो।

सूचनाअनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले संस्थाको आधिकारिक करिअर पोर्टलमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन दिने उम्मेदवारले न्यूनतम शैक्षिक योग्यता तथा संस्थाले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्ने उल्लेख गरिएको छ।

लघुवित्त क्षेत्रमा करिअर बनाउन चाहने युवाका लागि यो अवसर महत्वपूर्ण मानिएको छ। संस्थाले देशका विभिन्न शाखामा आवश्यकता अनुसार कर्मचारी परिचालन गर्ने जनाएको छ।

आवेदन प्रक्रिया, योग्यता, उमेर सीमा तथा अन्य विस्तृत जानकारीका लागि संस्थाको करिअर सेक्सनमा गएर हेर्न सकिने व्यवस्था गरिएको छ ।


एक घण्टा अगाडि
1 पटक हेरियो

प्रतिक्रिया 0