प्राइम कमर्सियाल बैंकमा रोजगारीको अवसर

सोमबार, ५ आश्विन २०८३, दिउँसो २:३२

काठमाडौं । 'क' वर्गको वाणिज्य बैंक प्राइम कमर्सियाल बैंक लिमिटेडले विभिन्न ४ वटा पदका लागि दरखास्त आह्वान गरेको छ। योग्यता पुगेका, दक्ष तथा गतिशील नेपाली नागरिकहरूले आवेदन दिन सक्ने बैंकले जनाएको छ। 

आवश्यक पदहरू तथा योग्यता:

१) लीगल अफिसर : कानुनमा स्नातक (बीएलएलएलबी - कोम्मेर्किअल लव कोरे) गरेको र अधिवक्ताको लाइसेन्ससहित कम्तीमा ५ वर्षको सम्बन्धित क्षेत्रको अनुभव भएको।  

२) चार्टर्ड एकाउन्टेन्ट : सीए पूरा गरेको (केन्द्रीय बैंकका निर्देशनहरू, बफिअ, कम्पनी ऐन आदिको ज्ञान भएको)। सीए पछिको अनुभव नभएका उम्मेदवारको उमेर २०२६ सेप्टेम्बर २७ सम्म ३० वर्ष ननाघेको हुनुपर्ने।

३) गोल्ड लोन इन-चार्ज : काठमाडौँ उपत्यकाभित्र तथा बाहिरका शाखाहरूका लागि। कम्तीमा ३ वर्षको गोल्ड टेस्टरगोल्ड लोन इन-चार्जको रूपमा अनुभव आवश्यक।  

४) गोल्ड टेस्टर : काठमाडौँ उपत्यकाभित्र तथा बाहिरका शाखाहरूका लागि। कम्तीमा २ वर्षको सुनगहना परीक्षणसम्बन्धी प्राविधिक अनुभव हुनुपर्ने।  

अतिरिक्त योग्यता तथा प्राथमिकता

- नेपाली र अंग्रेजी भाषा (बोल्न र लेख्न) मा राम्रो पकड भएको हुनुपर्नेछ।  

- कम्प्युटरसम्बन्धी ज्ञान तथा माइक्रोसफ्ट अफिस प्रयोगमा दक्षता भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।  

आवेदन प्रक्रिया र पेस गर्नुपर्ने कागजातहरू:

- २ जना रिफ्रेन्सको विवरणसहितको Updated CV   

- आवेदन पत्र  (विषयमा पद खुलाइएको) ।   

- नेपाली नागरिकताको प्रतिलिपि।  

- हालै खिचेको पासपोर्ट साइजको फोटो।  

- शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपिहरू। 

- आवेदन पठाउने इमेल: vacancy@pcbl.com.np (इमेल फाइलको कुल साइज ५ MB भन्दा बढी हुन नहुने)।  

- दरखास्त दिने अन्तिम मिति: २०२६ सेप्टेम्बर २७, आइतबार (२०८३ असोज ११ गते) सम्म। 

प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरूलाई मात्र बैंकको नियमानुसार अगाडिको चयन प्रक्रियामा समावेश गराइनेछ। कुनै कारण नजनाई आवेदन स्वीकार वा अस्वीकार गर्ने सम्पूर्ण अधिकार बैंकमा निहित रहनेछ। थप विवरण बैंकको आधिकारिक वेबसाइट https://www.primebank.com.np मा उपलब्ध छ। 

प्रतिक्रिया 0