काठमाडौं । नबिल बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको नबिल स्टक डिलर लिमिटेडले विभिन्न ९ पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले इन्भेस्टमेन्ट म्यानेजर/अफिसर २ जना, आईटी सपोर्ट १ जना, कम्प्लायन्स अफिसर १ जना र बिजनेस डेभलपमेन्ट एक्जिक्युटिभ ५ जना माग गरेको हो।
इन्भेस्टमेन्ट म्यानेजर/अफिसरका लागि सम्बन्धित विषयमा स्नातकोत्तर वा स्नातकसहित कम्तीमा ५ वर्षको अनुभव, आईटी सपोर्टका लागि सूचना प्रविधि वा सम्बन्धित विषयमा स्नातक तथा कम्प्लायन्स अफिसरका लागि सम्बन्धित विषयमा स्नातकोत्तर र कम्तीमा ३ वर्षको अनुभव मागिएको छ। बिजनेस डेभलपमेन्ट एक्जिक्युटिभका लागि व्यवस्थापन, वित्त, अर्थशास्त्र, व्यवसाय प्रशासन वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण हुनुपर्नेछ।
कम्पनीका अनुसार सबै पदको कार्यस्थल काठमाडौं रहनेछ। इच्छुक उम्मेदवारले आफूले आवेदन दिने पद स्पष्ट उल्लेख गरी अद्यावधिक सीभी र कभर लेटरसहित २८ सेप्टेम्बर २०२६ सम्म आवेदन दिन सक्नेछन्। इन्भेस्टमेन्ट म्यानेजर/अफिसर, आईटी सपोर्ट र कम्प्लायन्स अफिसर पद पूर्णकालीन तथा बिजनेस डेभलपमेन्ट एक्जिक्युटिभ पद करारमा रहनेछ।
बिस्तृत विवरणको लागि तलको लिंकमा क्लिक गर्नुहोस ।
https://www.nabilstockdealer.com.np/careers/
प्रतिक्रिया 0