स्ट्यान्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर

शनिबार, १४ कार्तिक २०८३, राति १०:४८


काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले कम्पनी सचिव पदका लागि दरखास्त आह्वान गरेको छ। बैंकले काठमाडौंस्थित कार्यालयमा स्थायी रूपमा काम गर्ने गरी उक्त पदमा योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

बैंकले अक्टोबर २९, २०२६ मा प्रकाशित गरेको सूचनाअनुसार इच्छुक उम्मेदवारले सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्यअनुभव हासिल गरेको हुनुपर्नेछ। कम्पनी सचिवसम्बन्धी व्यावसायिक प्रमाणपत्र प्राप्त गरी पाँच वर्षको अनुभव भएको वा कानुन, व्यवस्थापन, वाणिज्य अथवा अर्थशास्त्र विषयमा स्नातकोत्तर उपाधिसहित कम्तीमा पाँच वर्षको कार्यअनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन्।

आवेदकले कम्पनी ऐन, २०६३ अनुसारका आवश्यकतासमेत पूरा गरेको हुनुपर्नेछ। साथै नेपाली नागरिक हुनु अनिवार्य छ। पदका लागि संस्थागत सुशासन तथा नियामकीय अनुपालन, नेतृत्व क्षमता, प्रभावकारी सञ्चार, जोखिम व्यवस्थापन र सरोकारवालासँगको समन्वयसम्बन्धी दक्षतालाई प्राथमिकता दिइएको छ। नेपाली र अंग्रेजी दुवै भाषामा दक्षता आवश्यक पर्ने बैंकले जनाएको छ।

बैंकले उक्त पदलाई मानव संसाधन श्रेणीअन्तर्गत ग्लोबल ग्रेड ब्यान्ड ६ मा राखेको छ। छनोट हुने उम्मेदवारले काठमाडौंमा रहेर पूर्ण रूपमा कार्यालयबाट काम गर्नुपर्नेछ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले नोभेम्बर ११, २०२६ भित्र बैंकको आधिकारिक करियर पोर्टलमार्फत आवेदन दिन सक्नेछन्।

आवेदन तथा थप जानकारीका लागि:

https://jobs.standardchartered.com/job/Company-Secretary/64538-en_GB?&feedid=363857

प्रतिक्रिया 0