नबिल बैंकमा कृषि परामर्शदाता पदमा रोजगारीको अवसर

बिहीबार, २५ भदौ २०८३, बिहान ११:५२

काठमाडौं । नबिल बैंक लिमिटेडले  कृषि परामर्शदाता (Agricultural Consultant) पदमा एक जना कर्मचारी माग गरेको छ। बैंकले कृषि कर्जा विस्तार, कर्जा मूल्यांकन, कर्जा पोर्टफोलियो अनुगमन, बजार सम्बन्ध तथा कर्मचारीको क्षमता अभिवृद्धिमा प्राविधिक सहयोग पुर्‍याउने उद्देश्यले उक्त पदमा आवेदन आह्वान गरेको हो।

उक्त पदका लागि कृषि, हर्टिकल्चर, पशु विज्ञान, भेटेरिनरी, कृषि इन्जिनियरिङ, मत्स्य तथा एक्वाकल्चर, एग्रिबिजनेस वा सम्बन्धित विषयमा स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, कृषि विकास क्षेत्रमा कम्तीमा १ देखि २ वर्षको सम्बन्धित कार्यअनुभव आवश्यक पर्ने बैंकले जनाएको छ।

कृषि परामर्शदाताले बैंकमा कृषि कर्जासम्बन्धी अवसर पहिचान गर्ने, कृषि कर्जा उत्पादन तथा नीति विकासमा सहयोग गर्ने, प्रशिक्षण सामग्री तयार गर्ने तथा बैंकका कर्मचारी र ग्राहकलाई कृषि कर्जासम्बन्धी प्रशिक्षण प्रदान गर्नुपर्नेछ। यसका साथै कृषि कर्जा विस्तार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक प्राविधिक सुझाव र सहयोगसमेत उपलब्ध गराउनुपर्नेछ।

यो पदको कार्य अवधि एक वर्षका लागि हुनेछ। बैंकको निर्णयअनुसार उक्त अवधिलाई थप गर्न सकिनेछ। पदस्थापन बैंकको हेड अफिसमा हुनेछ।

इच्छुक तथा योग्य उम्मेदवारले १८ सेप्टेम्बर २०२६ सम्म आवेदन दिन सक्नेछन्। पदसम्बन्धी थप विवरण तथा आवेदनका लागि नबिल बैंकको आधिकारिक करियर पेजमा जान सकिनेछ।

आवेदन दिनको लागि: नबिल बैंकको आधिकारिक career page मा क्लिक गरेर आवश्यक बिवरण भर्नुहोस ।

प्रतिक्रिया 0