काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ। बैंकले आफ्नो केन्द्रीय कार्यालयमा काम गर्ने गरी अनुभवी तथा योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।
बैंकले कम्प्लायन्स विभाग प्रमुख पदका लागि सिनियर म्यानेजर, म्यानेजर वा डेपुटी म्यानेजर तहमा एक जना कर्मचारी माग गरेको छ। त्यस्तै, सूचना प्रविधि विभागअन्तर्गत क्लाउड, विन्डोज तथा लिनक्स इन्फ्रास्ट्रक्चरका लागि सिस्टम एडमिनिस्ट्रेटर पदमा अफिसर/जुनियर अफिसर तहका एक जना कर्मचारी माग गरिएको छ।
यसैगरी, सूचना प्रविधि विभागकै सिस्टम सपोर्टतर्फ सुपरभाइजर, सिनियर असिस्टेन्ट तथा असिस्टेन्ट तहमा केही कर्मचारी माग गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले असोज २१ गते अर्थात् अक्टोबर ७, २०२६ सम्म आवेदन दिन सक्नेछन्। आवेदन बैंकको वेबसाइटमार्फत अनलाइन दिन सकिनेछ।
प्रतिक्रिया 0