काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले जुनियर असिस्टेन्ट पदमा केही कर्मचारी माग गर्दै आवेदन खुला गरेको छ। बैंकले युवा तथा योग्य जनशक्तिलाई आफ्नो टिममा आबद्ध गराउने उद्देश्यले उक्त पदमा दरखास्त आह्वान गरेको हो।
बैंकले ९ सेप्टेम्बर २०२६ मा प्रकाशित गरेको सूचनाअनुसार जुनियर असिस्टेन्ट पदका लागि थोरै संख्यामा कर्मचारी माग गरिएको छ। इच्छुक उम्मेदवारले २३ सेप्टेम्बर २०२६ सम्म आवेदन दिन सक्नेछन्।
आवश्यक योग्यता
उक्त पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा दोस्रो श्रेणी वा २.५० CGPA सहित स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
उम्मेदवारको उमेर आवेदनको अन्तिम मितिसम्म १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएको छ।
अनुभवसम्बन्धी मापदण्ड
उम्मेदवारसँग निम्नमध्ये कुनै एक अनुभवयोग्यता हुनुपर्नेछः
- कुनै पनि संस्थामा कम्तीमा १ महिनाको कार्य अनुभव, वा
- कुनै बैंक वा वित्तीय संस्थामा इन्टर्नसिप गरेको, वा
- बैंक तथा वित्तीय संस्थासम्बन्धी कम्तीमा २ दिनको तालिम लिएको।
कसरी आवेदन दिने ?
महालक्ष्मी विकास बैंकले जुनियर असिस्टेन्ट पदका लागि आवेदन कुमारी जबमार्फत माग गरेको छ। इच्छुक उम्मेदवारले बैंकको सूचनामा उपलब्ध आवेदन लिंक वा QR Code स्क्यान गरी अनलाइन आवेदन दिन सक्नेछन्।
आवेदन दिनुअघि उम्मेदवारले शैक्षिक योग्यता, उमेर, अनुभव तथा अन्य आवश्यक विवरणहरू राम्रोसँग जाँच गर्नुपर्नेछ।
प्रतिक्रिया 0