सरकारले सूचीकृत गर्‍यो ७ लाख ४५ हजार बेरोजगार

Thursday, 28 May 2026, 08:41 PM
2 पटक हेरियो
Font Size: 20px

काठमाडौं । सरकारद्वारा सञ्चालित ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ७ लाख ४५ हजार ४३५ जना बेरोजगार व्यक्ति सूचीकृत भएका छन्।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०८१/८२ मा देशभरका ७३६ स्थानीय तहमा कुल ७ लाख ९७ हजार ७२५ बेरोजगार व्यक्ति सूचीकृत भएका हुन्। तीमध्ये ५५ हजार १५१ जनाले औसत ७१ दशमलव ७८ दिन बराबरको रोजगारी प्राप्त गरेका छन् ।

प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशका स्थानीय तहले औसत ८० दिन रोजगारी उपलब्ध गराउँदै सबैभन्दा राम्रो प्रदर्शन गरेका छन् भने मधेस प्रदेशमा औसत ४९ दशमलव १४ दिन मात्रै रोजगारी उपलब्ध गराइएको तथ्यांकमा उल्लेख छ।

सरकारले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रममार्फत न्यूनतम रोजगारी, सीप विकास तथा श्रम बजारमा आबद्ध गराउने लक्ष्य राखेको भए पनि सूचीकृत बेरोजगारको संख्या उच्च रहनुले कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ। 

एक घण्टा अगाडि
2 पटक हेरियो

प्रतिक्रिया 0