महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर

कुन–कुन पदमा छ अवसर?

बुधबार, ९ मंसिर २०८३, दिउँसो २:१२


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले देशभरका विभिन्न स्थानमा रहेका शाखा तथा कार्यालयमा काम गर्न इच्छुक नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो ।

बैंकले शाखा प्रबन्धक, सम्बन्ध व्यवस्थापक र सम्बन्ध अधिकृत पदमा केही कर्मचारी माग गरेको छ ।

बैंकले शाखा प्रबन्धक पदका लागि सुपरभाइजर, कनिष्ठ अधिकृत तथा अधिकृत तहमा कर्मचारी माग गरेको छ । त्यस्तै, सम्बन्ध व्यवस्थापक पदमा कनिष्ठ अधिकृत तह र सम्बन्ध अधिकृत पदमा सहायक, वरिष्ठ सहायक तथा सुपरभाइजर तहका लागि आवेदन खुला गरेको छ ।

महालक्ष्मी विकास बैंक देशभर ९९ वटा शाखा सञ्जालमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको राष्ट्रियस्तरको विकास बैंक हो । बैंकले योग्य, ऊर्जाशील, उत्प्रेरित तथा नतिजामुखी नेपाली नागरिकलाई उक्त पदहरूमा आवेदन दिन आग्रह गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सन् २०२६ डिसेम्बर ९ अर्थात् २०८३ मंसिर २३ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदनका लागि बैंकले प्रकाशित गरेको सूचनामा रहेको क्यूआर सङ्केत स्क्यान गर्न सकिनेछ ।

थप जानकारी तथा आवेदन प्रक्रियाका लागि बैंकको आधिकारिक वेबसाइट www.mahalaxmibank.com मा जान सकिनेछ ।


प्रतिक्रिया 0