विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। बैंकले २०८३ भदौ १९ गते प्रकाशित गरेको सूचनामार्फत सूचना सुरक्षा, सूचना प्रविधि, शाखा व्यवस्थापन, कानुन, कर्जा जोखिम तथा सुन परीक्षणलगायतका पदमा कर्मचारीका लागि आवेदन आह्वान गरेको हो। प्रदेश नं. १ मा ३४ शाखा सञ्जाल रहेको बैंकको केन्द्रीय कार्यालय विराटनगर, मोरङमा रहेको छ।
माग गरिएका पदहरू
१. सूचना सुरक्षा अधिकृत तथा सूचना प्रविधि विभाग — केही
२. शाखा प्रबन्धक — केही
३. कानुनी अधिकृत — १ जना
४. सम्बन्ध व्यवस्थापक तथा कर्जा जोखिम अधिकृत — केही
५. सूचना प्रविधि कर्मचारी — १ जना
६. सुन परीक्षक — ३ जना
७. प्रशिक्षार्थी सहायक — केही
उमेर हद तथा आवेदन प्रक्रिया
बैंकका अनुसार पदअनुसार उमेर सीमा फरक तोकिएको छ। पहिलो, दोस्रो र तेस्रो पदका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको तथा चौथोदेखि सातौँ पदसम्मका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारका लागि सम्बन्धित श्रेणीमा थप ५ वर्षको उमेर सीमा विचार गर्न सकिने बैंकले जनाएको छ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले बैंकको आधिकारिक करिअर शाखामार्फत अनलाइन आवेदन दिनुपर्नेछ। साथै अद्यावधिक व्यक्तिगत विवरण, आवेदनपत्र, हालसालै खिचेको फोटो तथा शैक्षिक प्रमाणपत्रका स्क्यान प्रतिलिपि vacancyskdbl@gmail.com मा पठाउनुपर्नेछ। आवेदन बैंकले सूचना प्रकाशित गरेको मितिले १५ दिनभित्र बुझाइसक्नुपर्नेछ।
प्रतिक्रिया 0