काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। बैंकले गण्डकी प्रदेशअन्तर्गतका आफ्ना शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका लागि अनुभवी, ऊर्जाशील, मेहनती तथा परिणाममुखी उम्मेदवारबाट आवेदन आह्वान गरेको हो।
बैंकले शाखा प्रबन्धक (सुपरभाइजरदेखि अधिकृत तह) पदमा केही कर्मचारी मागेको छ। यसका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा पाँच वर्षको बैंकिङ अनुभव भएको हुनुपर्नेछ। स्नातकोत्तर तह उत्तीर्णलाई प्राथमिकता दिइने तथा उमेर ४० वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएको छ।
त्यस्तै, केन्द्रीय कार्यालयका लागि सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट (सुपरभाइजरदेखि वरिष्ठ अधिकृत तह) पदमा आवेदन मागिएको छ। यसका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था वा भारतीय चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट सीए इन्टरमिडियट/सीएपी–२ वा सोसरहको तह उत्तीर्ण गरेको हुनुपर्नेछ। बैंक तथा वित्तीय संस्थामा कार्यअनुभव भएकालाई प्राथमिकता दिइनेछ।
बैंकले कर्जा जोखिम समीक्षक/सम्बन्ध व्यवस्थापक (सहायकदेखि अधिकृत तह) पदमा पनि कर्मचारी मागेको छ। व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक तथा कम्तीमा दुई वर्षको बैंकिङ अनुभव भएका उम्मेदवारले आवेदन दिन सक्नेछन्। वित्तीय विवरण, वित्तीय प्रक्षेपण, कर्जा विश्लेषण, कर्जा प्रस्ताव मूल्यांकन तथा कानुनी कागजातसम्बन्धी ज्ञान भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
यसैगरी, सञ्चालन इन्चार्ज (सहायकदेखि अधिकृत तह) पदका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक तथा कम्तीमा दुई वर्षको बैंकिङ अनुभव भएका उम्मेदवार मागिएको छ। साथै, नवलपुर जिल्लाका लागि सहायक तह (कनिष्ठ सहायक/प्रशिक्षार्थी सहायक) पदमा न्यूनतम १०+२ उत्तीर्ण गरेका उम्मेदवारबाट आवेदन मागिएको छ। बैंकिङ क्षेत्रमा अनुभव नभएका नयाँ उम्मेदवारलाई समेत प्राथमिकता दिइने बैंकले जनाएको छ।
प्रतिक्रिया 0