ईसेवाको प्रमुख कार्यकारी अधिकृतमा नीरज शर्मा नियुक्त

सोमबार, १२ आश्विन २०८३, दिउँसो १२:२६


काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवा लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नीरज शर्मा नियुक्त भएका छन्।

ईसेवाले शर्मालाई नयाँ सीईओका रूपमा स्वागत गर्दै उनको नेतृत्वमा कम्पनीले नयाँ दृष्टिकोण, रणनीतिक सोच, नवप्रवर्तन र व्यवसायिक वृद्धिलाई थप प्राथमिकता दिने जनाएको छ।

कम्पनीका अनुसार शर्माको नेतृत्वमा ईसेवाले यसअघि हासिल गरेका उपलब्धिलाई थप मजबुत बनाउँदै नयाँ अवसरको खोजी तथा डिजिटल वित्तीय सेवाको विस्तारमा जोड दिनेछ।

नेपालभरका व्यक्ति तथा समुदायमा वित्तीय पहुँच विस्तार गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै वित्तीय समावेशीकरणलाई थप बलियो बनाउने ईसेवाले जनाएको छ। कम्पनीले नयाँ नेतृत्वसँगै डिजिटल भुक्तानीको पहुँच र प्रयोग विस्तार गर्दै आगामी यात्रालाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

प्रतिक्रिया 0