यूएईको फिनटेक कम्पनी Myewallet का CEO बने ढुंगाना

मंगलबार, २६ जेठ २०८३, बिहान ११:२१

काठमाडौं । नेपाली बैंकिङ क्षेत्रका अनुभवी बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगाना संयुक्त अरब इमिरेट्स (UAE) स्थित डिजिटल भुक्तानी तथा फिनटेक कम्पनी Myewallet को प्रमुख कार्यकारी अधिकृत (CEO) नियुक्त भएका छन्। यससँगै उनी यूएईको फिनटेक क्षेत्रमा CEO पद सम्हाल्ने पहिलो नेपाली बनेको दाबी गरिएको छ।

ढुंगानासँग नेपाली बैंकिङ क्षेत्रमा करिब तीन दशकको नेतृत्व अनुभव छ। उनले यसअघि Nabil Bank को CEO, Nepal Bankers' Association का अध्यक्ष तथा विभिन्न वित्तीय संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । 

नबिल बैंकबाट बाहिरिएपछि ढुंगाना अन्तर्राष्ट्रिय फिनटेक क्षेत्रमा प्रवेश गरेका हुन्। उनको नियुक्तिसँगै Myewallet ले डिजिटल भुक्तानी, रेमिट्यान्स, डिजिटल वालेट तथा वित्तीय प्रविधि सेवाको विस्तारलाई थप गति दिने अपेक्षा गरिएको छ।

बैंकिङ, डिजिटल वित्त र संस्थागत नेतृत्वमा उनको अनुभवले कम्पनीको आगामी विस्तार रणनीतिमा योगदान पुर्‍याउने विश्वास गरिएको छ। 

प्रतिक्रिया 0