“बैंकभित्रको जिन्दगी: जहाँ मुस्कान पनि EMI मा आउँछ !”
बाहिरबाट हेर्दा बैंकको जागिर धेरैलाई स्वर्गजस्तै लाग्छ। टाई लगाएको, एसीमा बसेको, कम्प्युटरमा टकटक गरेको, अनि ग्राहकसँग “नमस्कार सर/म्याडम” भनेको देखेर धेरैले सोच्छन् “क्या मज्जाको जागिर होला !”
तर वास्तविकता के हो भने, बैंकभित्र पस्नेबित्तिकै बैंकरको आत्माले पहिलो दिन नै फुसफुसाउँछ “अब तिमी स्वतन्त्र मान्छे रहेनौ !”
बैंकमा काम गर्ने बैंकरको जीवन कुनै फिल्मभन्दा कम हुँदैन। बिहान अफिस छिर्दा सिस्टम डाउन, दिउँसो ग्राहकको गुनासो, बेलुका हाकिमको रिपोर्ट, अनि राति घर पुग्दा श्रीमतीको प्रश्न “आज फेरि किन ढिलो ?”
बैंकरको जिन्दगीमा “Lunch Time” भन्ने कुरा किताबमा मात्र हुन्छ। खाना खान बस्यो कि त्यही बेला कुनै ग्राहक आएर सोध्छ:
“सर, मेरो चेक किन bounce भयो ?”
अनि अर्को ग्राहक तुरुन्तै:
“मेरो ATM ले पैसा खायो !”
बैंकरले मनमनै सोच्छ:
“ATM ले पैसा खायो, मेरो त जिन्दगी नै बैंकले खाइसक्यो !”
बैंकमा अर्को रमाइलो कुरा भनेको password हो।
हरेक १५ दिनमा password change गर्नुपर्छ। यस्तो लाग्छ बैंकले कर्मचारीलाई कामभन्दा बढी password सम्झिन तलब दिएको हो । पासवर्ड पनि एउटा हो र ? कम्तिमा २०-२५ वटा पासवर्ड हुन्छन ।
पहिले Password@123, त्यसपछि Password@124, अनि अन्त्यमा कर्मचारी आफैं confuse “मेरो password हो कि मेरो PF account?”
Loan लिने बेला ग्राहक यति मिठो बोल्छन् कि लाग्छ उनीहरू बैंकका brand ambassador हुन् । “सर, तपाईंको बैंक त परिवारजस्तै हो ।”
तर installment overdue भएपछि त्यही ग्राहकको मोबाइल switched off! बैंकर गाउँसम्म पुगेर खोज्न जान्छ, अनि गाउँले भन्छन्: “उहाँ त हिजो भारत जानुभयो ।”
“Cash Counter को प्रेम कथा”
बैंकको cash counter भनेको युद्धभूमिभन्दा कम हुँदैन ।
बाहिर ग्राहकको लाइन यस्तो हुन्छ, मानौं free मा iPhone बाँडिरहेको छ ।
Cashier बिहान १० बजे कुर्सीमा बस्दा energy full हुन्छ ।
तर १२ बजेसम्म आइपुग्दा अनुहारले भन्न थाल्छ:
“हे भगवान, आज पनि Cash Balance मिलाइदेऊ।”
सबैभन्दा खतरनाक ग्राहक त्यो हुन्छ जसले पैसा गनेर ल्याउँदैन ।
सीधा झोला counter मा राखेर भन्छ:
“सर, एकचोटि गनिदिनु न ।”
त्यो पनि १०-१० रुपैयाँको bundle!
Cashier मनमनै:
“म बैंकमा काम गर्छु कि किराना पसलमा ?”😄
अनि केही ग्राहक त पैसा गनेर दिएपछि पनि भन्छन्:
“फेरि गन्नु न सर, बैंकलाई विश्वास छैन ।”
Cashier को दिमाग:
“हामीलाई पनि त तपाईंमाथि विश्वास छैन नि !” 😄
बैंकमा note counting machine भन्दा बढी sound त manager को pressure ले निकाल्छ।
Machine: “ट्र्र्र्र…”
Manager: “आज पनि क्यास मिलेन ? !”
बैंकमा target पनि यस्तो हुन्छ कि कहिलेकाहीँ कर्मचारीलाई लाग्छ उनी बैंकमा होइन, sales company मा काम गरिरहेका छन् ।
हाकिम बिहानै भन्छन्:
“आज २० वटा Mobile Banking, १५ वटा Credit Card, १० वटा Mastercard चाहिन्छ ।”
कर्मचारी मनमनै:
“सर, ग्राहक पनि चाहिन्छ नि !”
तर यति तनाव, pressure र Target बीच पनि बैंकरहरू बाँचिरहेका छन्, मुस्कुराइरहेका छन्।
किनकि उनीहरूलाई थाहा छ ?
किनकि उनीहरूलाई थाहा छ यो सबै अस्थायी हो, तर मेहनत र जिम्मेवारीले भविष्य बनाउँछ । निरन्तरको संघर्ष नै उनीहरूको पेशागत पहिचान र सफलता हो।
अन्त्यमा,
यदि तपाईंको साथी बैंकर छ भने उसलाई सम्मान गर्नुहोस् ।
किनकि उसले अरूको Account Balance मिलाउँदा-मिलाउँदै आफ्नो Life Balance गुमाइसकेको हुन सक्छ !
बाकी अर्को भागमा .......!
प्रतिक्रिया 0