नेपालको बैंकिङ क्षेत्रलाई धेरैले “आकर्षक जागिर” को रूपमा हेर्छन्। बाहिरबाट हेर्दा राम्रो तलब, एयरकन्डिसन अफिस, औपचारिक पोसाक र सम्मानित पेशा जस्तो देखिए पनि वास्तविकता भने धेरै फरक हुँदै गएको छ। विशेषगरी पछिल्ला वर्षहरूमा बैंक कर्मचारीहरू उच्च कर, बढ्दो कार्यचाप, लक्ष्यको दबाब र न्यून सरकारी सुविधाको दोहोरो–तेहोरो मारमा परिरहेका छन्।
आज बैंक कर्मचारीहरू देशकै सबैभन्दा बढी कर तिर्ने समूहमा पर्दै गएका छन्, तर बदलामा राज्यबाट पाउने सुविधा भने लगभग शून्य छ।
यस्तो छ नेपालका कर दर : मध्यम वर्ग सबैभन्दा बढी मारमा
| अविवाहित व्यक्तिका लागि | |
|
वार्षिक करयोग्य आम्दानी |
कर दर |
| रु ५ लाखसम्म | १.००% |
| रु ५–७ लाख | १०.००% |
| रु ७–१० लाख | २०.००% |
| रु १०–२० लाख | ३०.००% |
| रु २०–५० लाख | ३६.००% |
| रु ५० लाखभन्दा माथि | ३९.००% |
| विवाहित (Joint Filing) का लागि | |
|
वार्षिक करयोग्य आम्दानी |
कर दर |
| रु ६ लाखसम्म | १.००% |
| रु ६–८ लाख | १०.००% |
| रु ८–११ लाख | २०.००% |
| रु ११–२० लाख | ३०.००% |
| रु २०–५० लाख | ३६.००% |
| रु ५० लाखभन्दा माथि | ३९.००% |
यदि अविवाहित व्यक्तिले वार्षिक रु १५ लाख कमाउँछन् भने हालको नेपाल आयकर स्ल्याब अनुसार कर हिसाब यस्तो हुन्छः
अर्थात् वार्षिक रु १५ लाख कमाउने अविवाहित व्यक्तिले करिब रु २ लाख ३५ हजार कर तिर्नुपर्छ।
अब सुबिधाको कुरा गरौ
वार्षिक लाखौँ कर तिर्ने मध्यम वर्ग, बैंक कर्मचारी, निजी क्षेत्रका जागिरे र व्यवसायीले राज्यबाट बदलामा के पाइरहेका छन् भन्ने प्रश्न अहिले झन् बलियो बन्दै गएको छ।
नेपालमा नियमित कर तिर्ने वर्गले मुख्य रूपमा उठाउने प्रश्न यस्ता छन्:
धेरै मध्यम वर्गीय परिवारको वास्तविकता यस्तो छ:
अर्थात् कर पनि तिर्ने, आधारभूत सेवा पनि निजी खर्चमै किन्नुपर्ने अवस्था छ।
प्रतिक्रिया 0