काठमाडौं । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो ।
महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोला १०५ रुपैयाँले घटेर ३ हजार ४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन मंगलबार चाँदी प्रतितोला ३ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो ।
यससँगै एकैदिन सुनको मूल्यमा प्रतितोला ६ हजार ५०० रुपैयाँ र चाँदीको मूल्यमा १०५ रुपैयाँको गिरावट आएको छ ।
प्रतिक्रिया 0