सुनचाँदीको मूल्यमा उच्च वृद्धि, आजको मूल्य कति ?

Friday, 29 May 2026, 12:08 PM
4 पटक हेरियो
Font Size: 20px

काठमाडौं – नेपाली सुनचाँदी बजारमा आज जेठ १५ गते सुन तथा चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढ्दै नयाँ उचाइमा पुगेको हो।

आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो। एकैदिन यति ठूलो वृद्धि भएपछि बजारमा पुनः चहलपहल बढेको व्यवसायीहरू बताउँछन् ।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १७५ रुपैयाँले वृद्धि भएको हो। यससँगै आज चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

8 घण्टा अगाडि
4 पटक हेरियो

प्रतिक्रिया 0