नेपाली बजारमा पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले वृद्धि भएको छ ।
गत बैशाख १८ गते शुक्रबार प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएको सुन एक सातापछि बढेर २ लाख ९९ हजार ९०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार साताभर सुनको मूल्यमा दैनिक उतारचढाव देखिएको थियो । बैशाख २० गते आइतबार सुनको मूल्य १ हजार रुपैयाँले घटेर २ लाख ९५ हजार १०० रुपैयाँमा झरेको थियो भने सोमबार थप ३०० रुपैयाँले घट्दै २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुनको मूल्य एकैदिन ३ हजार ८०० रुपैयाँले घटेर २ लाख ९१ हजार रुपैयाँमा पुगेको थियो । तर बुधबार पुनः ५ हजार ८०० रुपैयाँले बढ्दै सुन प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भयो ।
त्यसपछि बिहीबार १ हजार ८०० रुपैयाँले वृद्धि भएर सुन २ लाख ९८ हजार ६०० रुपैयाँ पुगेको थियो । शुक्रबार पुनः २ हजार ३०० रुपैयाँले बढ्दै प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार शुक्रबार चाँदी प्रतितोला ५ हजार २७५ रुपैयाँ मा कारोबार भएको हो ।
सुनचाँदी व्यवसायीहरूका अनुसार, साताभर मूल्यमा सामान्य उतारचढाव भए पनि बजार समग्रमा स्थिर नै देखिएको छ ।
प्रतिक्रिया 0