काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला रु. ३ लाख १ हजार कायम भएको छ। हिजो सुन प्रतितोला रु. ३ लाख ५ हजार ८०० मा कारोबार भएको थियो।
यसअनुसार आज सुनको मूल्य प्रतितोला रु. ४ हजार ८०० घटेको हो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रु. ४ हजार ६०० कायम भएको छ। हिजो चाँदी प्रतितोला रु. ४ हजार ८५५ मा कारोबार भएको थियो। यससँगै चाँदीको मूल्य प्रतितोला रु. २५५ घटेको छ।
प्रतिक्रिया 0