सुनको मूल्यमा उच्च वृद्धि

बुधबार, ६ श्रावण २०८३, दिउँसो १२:००

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला रु. २,९१,००० कायम भएको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा रु. ५,४०० ले बढी हो। त्यसैगरी चाँदीको मूल्य पनि प्रति तोला रु. ४,४८० कायम भएको छ, जसमा रु. ११० को वृद्धि भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ। विश्व बजारमा सुरक्षित लगानीतर्फ लगानीकर्ताको आकर्षण बढेका कारण बहुमूल्य धातुको मूल्य उकालो लागेको विश्लेषण गरिएको छ। 

प्रतिक्रिया 0