काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य आज ३ हजार रुपैयाँले घटेको हो।
त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला ४ हजार ७ सय ९० रुपैयाँ रहेको चाँदीको मूल्य आज ४० रुपैयाँले घटेको हो।
प्रतिक्रिया 0